थुनामुक्त भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने शुक्रबार, चैत ९, २०८०

महरा, मोर्चा र बाँसबारी शुक्रबार, चैत ९, २०८० आज दिनभरीमा केही महत्वपूर्ण निर्णय र छलफल भएका छन्। शीर्ष नेतृत्वबीच छलफल, सरकारी सम्पत्तिको सुरक्षा, रिहाई र राजनीतिक मोर्चाबन्दी जस्ता विषयले आज दिनभरी नै नेताहरूलाई व्यस्त राख्यो।

बाँसबारीको १० रोपनी जग्गा चौधरी ग्रुपको रहेन शुक्रबार, चैत ९, २०८० गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको रहेको ठहर्याएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले जानकारी दिए।

मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले लियो फिर्ता शुक्रबार, चैत ९, २०८० ‘मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ।

फेसबुकबाट चिनजान हुँदै प्रेम, धोका दिएको भन्दै हत्या शुक्रबार, चैत ९, २०८० धरानकै एउटा कलेजमा कक्षा १२ मा अध्ययनरत सुमनाले गत पुसदेखि ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीको धरान शाखामा काम गर्न थालेकी थिइन्। जागिर गर्न थालेपछि बाबुरामसँग उनको भेट केही पातलिन थाल्यो। आफूलाई भेट्न नआएको भन्दै बाबुराम उनलाई लिन ग्लोबल ओरियन्सको अफिसमै पनि पुग्ने गर्थे। सुमनाको अफिस पुग्न थालेपछि भने बाबुरामले अर्कै...

श्रीमानको हत्या गर्न प्रेमीलाई 'सुपारी', ४ जना पक्राउ शुक्रबार, चैत ९, २०८० कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जुगल गाउँपालिका ३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसमेत ४ जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।चैत १ गते मादी गाउँपालिका-१ सिक्लेसमा टाउकोमा चोट लागेको अवस्थामा रामबहादुरको शव भेटिएको थियो। अनुसन्धानपछि घटनामा...

हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेले थाले छलफल शुक्रबार, चैत ९, २०८० प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन्। काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर लामिछानेले स्वस्थ व्यक्ति समेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति रोक्न सुझाव मागेका छन्। छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन...
-1711077697.jpg)
यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय शुक्रबार, चैत ९, २०८० न्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ।मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ।

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा आयो शुक्रबार, चैत ९, २०८० बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ ।२०४४ भदौ ५ मा ६ रोपनी र २०४४ मंसिर १८ मा ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो।भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको जग्गा सरकारकै भएको ठहर...

सरकारले भन्यो– गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन आवश्यक छैन शुक्रबार, चैत ९, २०८० सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन आवश्यक नभएको बताएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने कुरा अनावश्यक भएको बताएकी छन्। मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले लामिछानेको...

मिटरब्याजको समस्या समाधानका लागि सरकारले गठन गर्यो नयाँ आयोग शुक्रबार, चैत ९, २०८० अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन्। जाँचबुझ आयोगलाई मिटरब्याजसम्बन्धी समस्याको अध्ययन गरी...

रवि लामिछानेले बनाउन खोजेको गृह प्रशासन– फर्स्ट लुक नै डरलाग्दो! शुक्रबार, चैत ९, २०८० लामिछाने आफैं पनि सञ्चारकर्मीको पृष्ठभूमि भएका व्यक्ति हुन्। सञ्चारकर्मीका रुपमा क्रियाशील हुँदा उनले गरेका कतिपय अभ्यास संविधान, कानुन र पत्रकारिताको आचारसंहिता विपरीत भएको भनेर विभिन्न निकायमा उजुरी पनि परेका थिए। टेलिभिजनमा कार्यक्रम सञ्चालक रहँदा उनले बोल्ने गरेका शब्दहरुको पनि आलोचना हुन्थ्यो। तर त्यसकै आधारमा उनले कुनै मुद्दा खेप्नु परेको थिएन,...

पत्रकारको प्रश्न: एमाले समाजवादी मोर्चामा सहभागी हुने हो?, ओलीको जवाफ– ‘हैन’ शुक्रबार, चैत ९, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा एमाले सहभागी नहुने बताएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेर बाहिरिँदै गर्दा उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिए। समाजवादी मोर्चामा एमाले सहभागी हुने हो? भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले भने- ‘हैन’।









