सरकारले अधिनायकवादको पूर्वाभ्यास गर्दैछ: शेखर कोइराला शुक्रबार, चैत ९, २०८०
![दन्त लहर मिलाएर हाँसेका हिमाल [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Everest_Base_Camp-(1)-1711080938.jpg)
दन्त लहर मिलाएर हाँसेका हिमाल [तस्बिरहरू] शुक्रबार, चैत ९, २०८० काठमाडौंमा वर्षासँगै चिसो बढेको छ। उपत्यकामा चिसो बढ्दा नजिकै हिउँ भए खेल्न जाने सोच पनि धेरैमा छ। यस्तो बेलामा हिउँ र हिमाल पुग्न नसकेपछि यी तस्बिरबाट हिमाल पुग्ने न्यास्रो मेट्नुहोस्।

आज तीन वटा संसदीय समितिको बैठक शुक्रबार, चैत ९, २०८० आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ।सभामुख देवराज घिमिरेसहित प्रमुख दलका प्रमुख सचेतक विदेश भ्रमणमा उडेपछि शुक्रबारदेखि अब एक सातासम्म प्रतिनिधि सभा बैठक छैन। शुक्रबार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
-1711077697.jpg)
मिटरब्याजविरुद्ध जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय शुक्रबार, चैत ९, २०८० सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको हो। बैठकले आयोग गठनका लागि कार्यविधि तयार गर्न गृह मन्त्रालयमातहतका अधिकारीहरुलाई निर्देशन गरेको छ।

भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्छ: राष्ट्रपति शुक्रबार, चैत ९, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। विश्व पानी दिवस, २०२४ का अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्ने बताए ।
![हिउँसँग लुकामारी गरिरहेको पाथीभरा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Pathibhara_Snow1-(1)-1711076216.jpg)
हिउँसँग लुकामारी गरिरहेको पाथीभरा [तस्बिरहरू] शुक्रबार, चैत ९, २०८० नेपालको प्रसिद्ध धार्मिक गन्तव्य मध्येको एक पाथीभरा मन्दिर यतिबेला हिउँसँग लुकामारी गरिरहेको छ। ताप्लेजुङस्थित पाथीभरामा मौसमको कुनै परवाह नगरी श्रद्धालुहरू पुग्ने गर्दछन्। पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

कमेडियन कपिल शर्मा विरुद्धको उजुरी अदालतद्वारा खारेज शुक्रबार, चैत ९, २०८० भारतीय चर्चित कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन्।उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन्। जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ। यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ।
![यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/money-newsgriha1690851676.jpg)
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित] शुक्रबार, चैत ९, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ। बिहीबार खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको थियो।

चाँडै टुङ्ग्याउनु पर्ने संसद्का विधेयक थाती राखेर स्वीट्जरल्याण्ड उड्यो सभामुख नेतृत्वको जम्बो टोली शुक्रबार, चैत ९, २०८० संसदमा चाँडै टुङ्ग्याउनुपर्ने विधेयकलाई थाती राखेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे विदेश उडेका छन्।घिमिरे जम्बो टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका हुन्। सभामुख घिमिरेले आफू विदेश जानकै लागि १० दिन प्रतिनिधि सभा बैठक स्थगन गरेका छन्। उनी चैत १६ गते बिहान नौ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ। आफू १६...

मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोपसहित दिल्लीका मुख्यमन्त्री पक्राउ शुक्रबार, चैत ९, २०८० निर्वाचनको तयारी जारी रहेका बेला भारतको राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपसहित सरकारी निवासबाट पक्राउ गरेको छ। केजरीवालको निवासमा निर्देशनालयको टोली बिहीबार साँझ पुगेको थियो। टोलीले करिब दुई घण्टा सोधपुछ गरेर उनलाई नियन्त्रणमा लिएको बताइएको छ।
-1711070695.jpg)
विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित शुक्रबार, चैत ९, २०८० फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ। आज बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।

विश्वका खुसी हुने देशको सूचीमा नेपाल ९३औँ स्थानमा, पहिलो नम्बरमा फिनल्याण्ड शुक्रबार, चैत ९, २०८० विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ। विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो ।उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ।

आईपीएल आजदेखि, उद्घाटन खेल चेन्नई र बैङ्ग्लोरबीच शुक्रबार, चैत ९, २०८० इन्डियन प्रिमियर लिग आईपीएल आजदेखि सुरु हुँदैछ। आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर आमनेसामने हुनेछन्। खेल आज राति सवा आठ बजे सुरु हुनेछ।









