News Griha :: न्यूजगृह
‘मनसरा’को टिजरमा शंका र आकर्षण
‘मनसरा’को टिजरमा शंका र आकर्षण आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन्। टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ। टिजरमा मिरुनाको छोरालाई प्रवीणले स्कूल पुर्‍याउने गरेको र प्रवीण मिरुनासँग...
एआईले बताउन सक्छ कुन मानिस कहिले मर्छ भनेर!
एआईले बताउन सक्छ कुन मानिस कहिले मर्छ भनेर! डेनमार्कका वैज्ञानिक करोडौं मानिसको डाटा (विवरण) संकलन गरिरहेका छन्। यसरी संकलन गरिएको डाटाको मद्दतबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एउटा मोड्युलले कुन मानिस कति वर्षसम्म बाँच्न सक्छ भन्ने कुरा पत्ता लगाउने छ। यद्यपि वैज्ञानिकहरुले यो परियोजनाको मुख्य उद्देश्य मानिसहरुलाई प्रविधिको क्षमता र खतराको बारेमा जागरुक गराउनु रहेको बताएका छन्। 
नेप्सेमा दोहोरो अंकको गिरावट, तर बढ्यो कारोबार
नेप्सेमा दोहोरो अंकको गिरावट, तर बढ्यो कारोबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ। उक्त बैंकको संस्थापक शेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ। यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ। 
३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन
३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन शंकर कोइराला निर्देशित फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ। फिल्ममा आनन्द विक्रम क्षेत्रीको लेखन छ। 
जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछः अध्यक्ष ओली
जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछः अध्यक्ष ओली अध्यक्ष ओलीले भने, ‘देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ। पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्।’  
बाँसबारी सरकारी जग्गा घोटला प्रकरणका आरोपित विनोद चौधरी श्रीलंका उडे 
बाँसबारी सरकारी जग्गा घोटला प्रकरणका आरोपित विनोद चौधरी श्रीलंका उडे  अर्बपति व्यापारी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका गएका छन्।बिहीबार दिउँसो २ बजे श्रीलंकन एअरलाइन्सको जहाजबाट चौधरी श्रीलंका गएका हुन्।   आज बिहान मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सरकारी वकिल कार्यालयमा उनको बयान लिएको थियो ।
सगरमाथा क्षेत्रमा भारी हिमपात, खुम्बु क्षेत्र सेताम्मे
सगरमाथा क्षेत्रमा भारी हिमपात, खुम्बु क्षेत्र सेताम्मे बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ। 
सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने र सद्भाव भड्काउनेलाई कारबाही गरिने
सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने र सद्भाव भड्काउनेलाई कारबाही गरिने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन जारी गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरेका हुन्। 
कोदालो प्रहारबाट दुई कर्मचारीसहित तीन गम्भीर घाइते
कोदालो प्रहारबाट दुई कर्मचारीसहित तीन गम्भीर घाइते बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन्।  डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी...
प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला
प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो।
सूर्यदर्शन सहकारी पीडितको उजुरी संसदीय समितिमा, छैन रविको नाम, फरार १४ जनालाई पक्राउ गर्न माग
सूर्यदर्शन सहकारी पीडितको उजुरी संसदीय समितिमा, छैन रविको नाम, फरार १४ जनालाई पक्राउ गर्न माग पोखराको सूर्यदर्शन बचत तथा सहकारी संस्थाका पीडितले प्रतिनिधि सभा अन्तर्गतको सुशासन तथा राज्य व्यवस्था समितिमा उजुरी दर्ता गराएका छन्। आफ्नो बचत र निक्षेप पाउनुपर्ने मागसहित उजुरी दर्ता गरेका पीडितले प्रश्न गरेका छन्, ‘सिंगो देश, प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीसम्मको टाउको दुखाइको विषय बनेका जीबी राई र सूर्यदर्शन सहकारीका अभियुक्त किन पक्राउ पर्दैनन्?’
तीन करोड २१ लाख रुपैयाँ बिगो मागदाबीसहित शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता 
तीन करोड २१ लाख रुपैयाँ बिगो मागदाबीसहित शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता  यस्तै, अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि उनकी पत्नी देवकालाईसमेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।  
Weather Update