News Griha :: न्यूजगृह
आज दिनभर देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
आज दिनभर देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी...
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। 
छ महिनाभित्र विधान र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय
छ महिनाभित्र विधान र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी छ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ।महोत्तरीको बर्दिबासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनर्गठन गरी सुदृढीकरण अभियान चलाउने बताए।
सुन तस्करी प्रकरण: महराको बयान सकियो, पुन: अस्पताल मै भर्ना
सुन तस्करी प्रकरण: महराको बयान सकियो, पुन: अस्पताल मै भर्ना कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो। चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको छ । म्याद थपका लागि महरालाई भोलि अदालतमा उपस्थित गराइने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
आईपीएल शुक्रबारदेखि, उद्घाटन खेलमा चेन्नई र बैङ्ग्लोर भिड्ने
आईपीएल शुक्रबारदेखि, उद्घाटन खेलमा चेन्नई र बैङ्ग्लोर भिड्ने विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आईपीएल शुक्रबारदेखि सुरु हुँदै छ। आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर आमनेसामने हुनेछन्।प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको विकल्प खोजेको छ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनी फ्रेन्चाइज क्रिकेट आईपीएल भने...
विनोद चौधरीलाई जोगाउन कांग्रेस सभापति 'सक्रिय', कठघरामा उभ्याउन सक्लान् गृहमन्त्रीले? 
विनोद चौधरीलाई जोगाउन कांग्रेस सभापति 'सक्रिय', कठघरामा उभ्याउन सक्लान् गृहमन्त्रीले?  उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी र उनको व्यापारिक समूहका व्यक्तिहरू निरन्तर चर्चामा छन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अर्बपति चौधरी पनि छानबिनमा तानिएका छन्। जग्गा हिनामिना बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।सीआईबीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई उनीमाथि अनुसन्धान भइरहेको पत्र पठाएर...
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो राँके जुलुस, प्रहरीसँग झडप 
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो राँके जुलुस, प्रहरीसँग झडप  गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राँके जुलुस प्रदर्शन गरेको छ।बिहीबार पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको छ।
घाँटी रेटेर सुमनाको हत्या गर्ने युवक पक्राउ
घाँटी रेटेर सुमनाको हत्या गर्ने युवक पक्राउ धरानकी २१ वर्षीया सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।धरान उपमहानगरपालिका- १८ मा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरिएको अवस्थामा सुमनाको शव भेटिएको थियो। उक्त हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एकजना युवकलाई धनकुटाबाट बिहीबार पक्राउ गरेको हो।
राष्ट्रिय भूमि आयोग खारेज
राष्ट्रिय भूमि आयोग खारेज सत्ता गठबन्धन फेरिएसँगै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ती मन्त्रीका अनुसार नयाँ आयोग बनाउन पुरानो आयोगलाई खारेज गरिएको हो। 
खन्ती प्रहार गरि झापामा एक व्यक्तिको हत्या
खन्ती प्रहार गरि झापामा एक व्यक्तिको हत्या झापामा एक व्यक्तिको हत्या भएको छ। भद्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या भएको हो। हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय कमान सिंह राईलाई बिहीबार बिहान पक्राउ गरेको छ। गंगा बुधबार राति कमानको घरमा सुतेका थिए।
शर्मिला वाइबामाथिको अनुसन्धान सकियो, अझै २ दिन हिरासतमै बस्ने
शर्मिला वाइबामाथिको अनुसन्धान सकियो, अझै २ दिन हिरासतमै बस्ने कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथिको प्रहरी अनुसन्धान सकिसकेको छ। अनुसन्धान सकिए पनि वाइबाले अझै केही दिन हिरासतमै बस्नुपर्ने भएको छ। काठमाडौं जिल्ला अदालतले बिहीबार शर्मिलालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार समेत गरी जिल्ला अदालतले वाइबाको हकमा सातौं पटक म्याद थप...
बयानका क्रममा भक्कानिँदै महराले भने– सुन तस्करीमा मेरो कुनै संलग्नता छैन
बयानका क्रममा भक्कानिँदै महराले भने– सुन तस्करीमा मेरो कुनै संलग्नता छैन स्रोतका अनुसार बयानका क्रममा महरा भक्कानिएका थिए। भेपमा लुकाएर भएको सुन तस्करीबारे प्रश्न सोध्न सुरु गरेपछि महरा भक्कानिएका थिए। अनुसन्धान अधिकृतहरुले ‘स्थिति सहज’ बनाउँदै कुराकानी गरेपछि महराले संक्षिप्त बयान दिएका थिए। बयानका क्रममा महराले सुन तस्करीमा संलग्नता देखिएका चिनियाँ नागरिक दाओजिन वाङसँग आफ्नो चिनजान रहेको विषय स्वीकार गरेका छन्। तर...
Weather Update