विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्न यसरी तयारी गर्दैछ नेपाल [तस्बिरहरू] बिहीबार, चैत ८, २०८०
-1711007178.jpg)
विश्वकप छनोटका लागि नेपाल र बहराइन भिड्ने बिहीबार, चैत ८, २०८० फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो ।

पुस १ देखि चैत ८ सम्म कोशीमा मात्रै ४८८ आगलागीका घटना बिहीबार, चैत ८, २०८० कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेको पोखरेलको भनाइ छ।स्थानीय जङ्गलमा पनि...

आमरण अनसनमा रहेका केसीको स्वास्थ्य गम्भीर बिहीबार, चैत ८, २०८० आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले आमरण अनसन सुरु गरेका थिए।

अष्ट्रेलियाको अस्पतालबाट जीवन रक्षाको माग गर्दै बागलुङका राजन बिहीबार, चैत ८, २०८० अहिले अष्ट्रेलियामा रहेका चन्द्रबहादुर खत्री (राजन केसी)को अस्पतालबाटै जीवन रक्षाको माग गर्न थालेका छन्। खत्रीको जीवन रक्षाको लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरिरहेको छ। अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बाग्लुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित छन् ।उनलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको...

चौधरी समूह नै अनुसन्धानमा तानिएको बाँसबारी जग्गा प्रकरण के हो? बिहीबार, चैत ८, २०८० देशकै सबैभन्दा ठूलो व्यवसायिक घराना चौधरी समूह अहिले सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएको छ। सरकारी जग्गालाई निजी स्वामित्वमा ल्याएर भ्रष्टाचार गरेको प्रकरणमा चौधरी समूहका हर्ताकर्ता विनोद चौधरी, अरुण चौधरी र बसन्त चौधरीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। विनोद चौधरी नेपालका ‘एकमात्र’ डलर अर्बपति समेत हुन्। उक्त जग्गा...

चूडामणि पौडेल सचिवमा बढुवा बिहीबार, चैत ८, २०८० सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ।आजको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन्।

अरनिको पाण्डे सहित चार जना योजना आयोगको सदस्य नियुक्त बिहीबार, चैत ८, २०८० राष्ट्रिय योजना आयोगको सदस्यमा डा. अरनिको पाण्डे सहित चार जनालाई नियुक्त गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले बताइन्।

रास्वपाको उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने बिहीबार, चैत ८, २०८० आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनले इलाममा राजनीतिक चहलपहल बढ्दै गइरहेको छ। राजनीतिक दलहरुले उम्मेदवारको सिफरिस धमाधम गरिरहेका छन्।यसै सिलसिलामा चैत १७ गते उम्मेद्वारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम इलाम जाने भएका छन्।

आगलागीमा घाइते भएका बाबुछोरीको मृत्यु बिहीबार, चैत ८, २०८० कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको मृत्यु भएको छ। चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो
-1711001176.jpg)
विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क घटाउन माग बिहीबार, चैत ८, २०८० अहिलेपनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरे । अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए ।

आज दुई हजार ६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? बिहीबार, चैत ८, २०८० नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रति तोला दुई हजार ६ सय रुपैयाँले बढेको छ। आज सुन प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला एक लाख २५ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार ६ सय रुपैयाँले बढेर...

जीर्ण बनेको देशकै पुरानो चन्द्र नहर पुनःनिर्माण हुँदै बिहीबार, चैत ८, २०८० मर्मतसम्भारको अभावमा जीर्ण बनेको देशकै पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ।जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो। चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण...


![विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्न यसरी तयारी गर्दैछ नेपाल [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Nepali_Football_Team-(1)-1711007177.jpg)






