News Griha :: न्यूजगृह
३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन

काठमाडौं— फिल्म ‘मोदीबेनी’को छायाङ्कन ३१ दिनमा पुरा भएको छ।

पर्वतको फलेबासमा बुधबार फिल्मका प्रमुख कलाकार वर्षा शिवाकोटी र प्रविण खतिवडाको अन्तिम सट खिच्दै सुटिङ समापन भएको घोषण गरिएको हो।

फिल्मको दुई चरणमा काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेबास नगरपालिकामा छायाङ्कन गरिएको थियो।

निर्माण पक्षका अनुसार फिल्मले ३५–४० वर्ष पहिलेको र वर्तमानको कथालाई मिश्रण गरी पर्वतको मोदीबेनी क्षेत्रको कथा बोल्नेछ। 

शंकर कोइराला निर्देशित फिल्ममा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ। फिल्ममा आनन्द विक्रम क्षेत्रीको लेखन छ। 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:४६
Weather Update