News Griha :: न्यूजगृह
मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोपसहित दिल्लीका मुख्यमन्त्री पक्राउ

काठमाडौं— भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाई भ्रष्टाचारको आरोप लगाइएको छ। 

केजरीवाललाई मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लगाइएको छ। भ्रष्टाचारको आरोपमा दुई महिनाको अन्तरालमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन्। 

भारतको राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालयले केजरीवाललाई मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपसहित उनको सरकारी निवासबाट पक्राउ गरेको हो। केजरीवालको निवासमा निर्देशनालयको टोली बिहीबार साँझ पुगेको थियो। टोलीले करिब दुई घण्टा सोधपुछ गरेर उनलाई नियन्त्रणमा लिएको बताइएको छ। 

लोकसभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा केजरीवाल पक्राउ पर्दा उनको पार्टी र गठबन्धनलाई ठूलो धक्का पुग्ने विश्लेषण हुन थालेको छ।

यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि निर्देशनालयले उनको सरकारी निवासबाटै पक्राउ गरेको थियो। सोरेनलाई पनि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:२९
Weather Update