News Griha :: न्यूजगृह
कांग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन: रवि लामिछाने
कांग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन: रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्न नसकेको दिन नै सत्ता छाडेर जानेगरि सबैको झोलामा राजीनामा तयारी अवस्थामा राखेको भन्दै...
मधेसमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ
मधेसमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।शनिबार एमालेका शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन्।
मस्कोमा भएको आतकंवादी हमलाको नेपालद्वारा निन्दा
मस्कोमा भएको आतकंवादी हमलाको नेपालद्वारा निन्दा नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
होलीमा तीन हजार सुरक्षाकर्मी तैनाथ
होलीमा तीन हजार सुरक्षाकर्मी तैनाथ अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्रगति लगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने अधिकारीले जानकारी दिए। मापसे र लापसे सेवन गरी सवारी चलाउने...
बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन् : न्यायालयले नै छिनोफानो गर्छ
बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन् : न्यायालयले नै छिनोफानो गर्छ बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धान गरिसकेको छ। यो प्रकरणमा उद्योगी अरुण चौधरीसहित तीन पक्राउसमेत परे। यही प्रकरणमा उद्योगी विनोद चौधरीलाई सीआईबीले बयान लिइसकेको छ। शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ।
लेख्न उत्प्रेरणा भर्ने परशु दाइ...
लेख्न उत्प्रेरणा भर्ने परशु दाइ... भोजपुरमा सानै उमेरदेखि परशु प्रधानको साहित्यिक कार्यक्रममा सहभागिता बाक्लो रहन्थ्यो। उनी आफैँ आयोजक भएर धेरै साहित्यिक कार्यक्रमको आयोजना गर्थे। साहित्यिक सिर्जनामा प्रधानले भोजपुरमा उछाल नै चलाएका थिए। त्यही बेला जुन कार्यक्रममा उनी सहभागी भए पनि एउटा आफैँले लेखेको कविता ठूलो स्वरमा वाचन गर्ने गरेका थिए। संगीत र साहित्यमा गर्विलो चिनारी...
भरुवा बन्दुकसहित पाल्पामा एक जना पक्राउ
भरुवा बन्दुकसहित पाल्पामा एक जना पक्राउ पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
गृहमन्त्रीले नैतिकता गुमाइसके, एक मिनेट पनि पदमा बस्ने छुट छैन : शेखर
गृहमन्त्रीले नैतिकता गुमाइसके, एक मिनेट पनि पदमा बस्ने छुट छैन : शेखर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्। सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए। 
चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु, ७ जना घाइते
चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु, ७ जना घाइते बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सात जना घाइते छन्। गएराति जयपृथ्वी नगरपालिका– ६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ।
अरविन्द केजरीवाल : ‘भ्रष्टाचारविरुद्धको भारत’ नाराले उठायो, रक्सीले डुबायो!
अरविन्द केजरीवाल : ‘भ्रष्टाचारविरुद्धको भारत’ नाराले उठायो, रक्सीले डुबायो! केजरीवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ । जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन्। आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन्। यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ।
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते [तस्बिरहरू]
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते [तस्बिरहरू] रुसको एक कन्सर्ट हलमा गोली चल्दा ६० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार १४५ बढी घाइते छन्।शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली चलेको थियो। साथै विस्फोटक पदार्थ प्रहारसमेत भएको बीबीसीले जनाएको छ।
Weather Update