News Griha :: न्यूजगृह
पर्वतमा भेटियो गुफा, गुफाभित्र देवीदेवताका आकृति
पर्वतमा भेटियो गुफा, गुफाभित्र देवीदेवताका आकृति पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ ।      कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् । गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’...
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो।  शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए। भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको...
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : माधव नेपाल
चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : माधव नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताएका छन्। अध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत...
होलीले पारस्परिक एकता  कायम गरेको छ : देउवा
होलीले पारस्परिक एकता  कायम गरेको छ : देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन्। फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका...
बलिउड निर्माता तथा निर्देशक अनुराग भन्छन्— अब प्रत्येक मिटिङको पारिश्रमिक लिन्छु
बलिउड निर्माता तथा निर्देशक अनुराग भन्छन्— अब प्रत्येक मिटिङको पारिश्रमिक लिन्छु ‘मैले आफ्नो लामो समय नयाँ अनुहारलाई सहयोग गर्नमा बर्बाद गरें । जसमा बढी मिडियामा आउन चाहने नै थिए । अब म आफ्नो समय बर्बाद गर्न चाहन्नँ । जसलाई मलाई क्रिएटिभ जिनियस मान्छ, म उसँग अब पैसा लिएर मात्र सल्लाह दिन्छु । यदि मसँग कोही भेटघाट गर्न चाहन्छ भने १० देखि...
उपनिर्वाचन बारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक
उपनिर्वाचन बारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ। ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ। यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू...
आज काठमाडौंमा कुन तरकारीको मूल्य कति ? [सूचीसहित]
आज काठमाडौंमा कुन तरकारीको मूल्य कति ? [सूचीसहित] कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गोलभेडाको मूल्य ३५ रुपैयाँ प्रतिकेजीदेखि ७० रुपैयाँसम्मको न्यूनतम मूल्य तोकेको छ। समितिका अनुसार सानो लोकल गोलभेडाको न्यूनतम मूल्य ३५ रुपैयाँ प्रतिकेजी छ। त्यस्तै सानो तथा ठूलो भारतीय गोलभेडाको मूल्य न्यूनतम ७० रुपैयाँ प्रतिकेजी छ।
परराष्ट्रमन्त्री ९ दिने भ्रमणका लागि आज चीन जाँदै
परराष्ट्रमन्त्री ९ दिने भ्रमणका लागि आज चीन जाँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन्। चीनको ९ दिने भ्रमणका लागि श्रेष्ठ आज चीन प्रस्थान गर्ने कार्यक्रम छ। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लागेका परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार समकक्षी यीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा भ्रमणको एजेन्डा सार्वजनिक नगरे...
आज ५६ जिल्लामा सार्वजनिक बिदा
आज ५६ जिल्लामा सार्वजनिक बिदा आज नेपालका ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ। होली पर्व मनाउन सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा दिएको हो। 
मस्कोको सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १४३ पुग्यो
मस्कोको सिटी हलमा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १४३ पुग्यो मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज राष्ट्रिय शोकको घोषणा पनि गरे। पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे।
दिल्ली क्यापिटल्स ४ विकेटले पराजित
दिल्ली क्यापिटल्स ४ विकेटले पराजित दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर जित निकाल्न सफल भयो।
Weather Update