उपनिर्वाचनः सफल पिताको पदचापमा तन्नेरी पुत्र आइतबार, चैत ११, २०८०

सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता आइतबार, चैत ११, २०८० उदयपुरमा सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएको उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए।
होली खेल्न सडकमा निस्किएका ७६ जना पक्राउ, ६ सय ६४ सवारी चालकलाई कारबाही आइतबार, चैत ११, २०८० होली खेल्न सडकमा निस्किएका ७६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ परेका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी काठमाडौंमा ७० जना पक्राउ परेका हुन्।ललितपुरमा ४ जना र भक्तपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अतिक्रमित सरकारी जग्गाको लगत संकलन गर्दै कञ्चनपुर प्रशासन आइतबार, चैत ११, २०८० जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण संकलन सुरु गरेको छ। प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र जालसाजीपूर्ण रुपमा व्यक्तिको नाममा भएको सरकारी जग्गाको लगत सङ्कलन गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

काठमाडौंबाट १९ जना जुवाडे पक्राउ आइतबार, चैत ११, २०८० काठमाडौंका विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्। प्रहरीले नागार्जुन नगरपालिका–१ रानिवनको फरक–फरक ठाउँबाट १९ जनालाई पक्राउ गरेको हो।

माटोको ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु आइतबार, चैत ११, २०८० डोटीमा नयाँ वर्ष (विषु पर्व)का लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको हो।

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली आइतबार, चैत ११, २०८० भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ। सात दिनसम्म स्थानीयले लिङ्ग र योनीको पूजा एवं दर्शन गर्ने गरेका छन् । काठको...

फागुनयता ताप्लेजुङमा डढेलोबाट १८ घर जलेर नष्ट आइतबार, चैत ११, २०८० ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट ४ घर जलेर नष्ट भएका छन्। वनमा...

रवि लामिछानेको सहकारी प्रकरणबारे एमाले– प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्छ आइतबार, चैत ११, २०८० सहकारी ठगी प्रकरणलाई लिएर सदनमा प्रमुख प्रतिपक्षी दलको विरोध खेपीरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे नेकपा एमालेले धारणा सार्वजनिक गरेको छ। आफूविरुद्ध प्रमाणसहित उजुरी दर्ता भएको खण्डामा लामिछानेले राजीनामा दिनुपर्ने एमालेको भनाइ छ। आइतबार बसेको सचिवालय बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा...

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ बाट सुहाङ चुनाव लड्ने आइतबार, चैत ११, २०८० आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ। आइतबार बसेको एमाले सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो। संघीय संसद्को दोस्रो ठूलो दल एमालेले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बझाङ क्षेत्र...
-1711264329.jpg)
होलीको रंगले स्वास्थ्यमा पार्नसक्छ गम्भीर असर, जोगिन के गर्ने? आइतबार, चैत ११, २०८० संगहरुमा रंगिएर रमाउँदै होली मनाउँदा केही सावधानी अपनाइयो भने रंगले स्वास्थ्यमा पार्ने असरबाट केही हदसम्म बच्न सकिन्छ। होलीका बेला बजारमा उपलब्ध हुने अधिकांश रंग कृत्रिम छन्। यस्ता रंग विषालु हुने भएकाले मानव स्वास्थ्यसँगै वातावरणमा पनि असर गर्छन्। यी रंगले छालामा मात्र नभइ कपाल र नङहरुमा पनि असर पार्छन्। यस्तो रंगले...

‘रुपाली होली’को पुस्त्यौली उमङ्ग आइतबार, चैत ११, २०८० कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ७८ वर्षीय वृद्ध नन्दसिंह चाट परम्परागत ‘रुपाली होली’ खेल्दै गर्दा भेटिए। लौरीको सहारामा रुपाली होलीमा पाइला मिलाइरहेका चाटले हरेक वर्ष फागुपूर्णिमाका अवसरमा रुपालीबासीले विशेष महत्वका साथ होली मनाउँदै आएको बताए। ‘लौरीको सहाराले भए पनि हरेक घर दिनभरी होलीमा व्यस्त हुन्छु’, उनले भने, ‘रुपाली मौलिक कला संस्कृति...

तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यसहित ४ जनालाई कारबाही गर्न अर्को समिति आइतबार, चैत ११, २०८० सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ। कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को...









