साँगा–धुलिखेल सडकमा खानेपानी र ढल व्यवस्थापन गर्न कठिनाइ सोमबार, चैत १२, २०८०

आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ? सोमबार, चैत १२, २०८० नेपाल राष्ट्र बैंकले चैत १२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ।

ललितपुरमा होली खेल्नेक्रममा झडप, दुई जनाको मृत्य सोमबार, चैत १२, २०८० होली खेल्ने क्रममा ललितपुरमा दुई समूहबीच झडप भएको छ। झडप हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथरकमा रोबर्ट राई र सुनसरीका पुजन राई रहेका छन्।पुजनको शव सुमेरु अस्पताल र रोबर्टको शव पाटन अस्पतालमा राखिएको छ।राति धोलाहिटीमा झडप होली खेल्नेक्रममा आपसी विवादपछि झडप भएको प्रहरीले जनाएको छ।
-1709005002.jpg)
टी—२० अभ्यासमा आज नेपाल र आयरल्याण्ड भिड्दै सोमबार, चैत १२, २०८० नेपालले दुई टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ।खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको दोस्रो खेल मंगलबार हुनेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन्।
आज तराईका जिल्लामा मनाइँदैछ होली सोमबार, चैत १२, २०८० रङको पर्व होली आज तराईमा जिल्लामा मनाइँदैछ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ। होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने...
-1711327337.jpg)
आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात सोमबार, चैत १२, २०८० जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्रै बनाउन सक्यो।

काठमाडौंमा छिटफूट वर्षा, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सोमबार, चैत १२, २०८० यतिबेला काठमाडौं उपत्यकाका केही स्थानमा पानी परिरहेको छ। बिहानैदेखि परेको पानी केही ठाउँमा रहेको छ भने केही ठाउँमा छिटफूट परिरहेको छ। आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल सोमबार, चैत १२, २०८० सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले पनि सताउनेछ।

सुहाङलाई उम्मेदवार बनाएपछि ओलीले भने- उनमा केही गर्ने हुटहुटी र ऊर्जा छ आइतबार, चैत ११, २०८० आइतबार बसेको एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उठाउने निर्णय गरेको हो।उनी एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका कान्छा छोरा हुन्। सुवास नेम्वाङको निधन भएपछि भदौ २५ गतेदेखि रिक्त इलाम–२ मा एमालेले सुहाङलाई उठाउने निर्णय गरेको छ। सुहाङ अधिवक्ता पनि हुन्। बुबाकै...

होलीमा जथाभावी रङ्ग दल्ने २७७ जना काठमाडौंबाट पक्राउ आइतबार, चैत ११, २०८० प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, 'आज कानुन विपरीत...

होलीमा अवाञ्छित गतिविधि गर्ने १०२ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा आइतबार, चैत ११, २०८० होली पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जबरजस्ती रङ्ग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए। ‘यसपटकको फागु पूर्णिमा विगत वर्ष हेर्दा तुलनात्मक रुपमा शान्तिपूर्ण भयो। ठूला अपराधका...

पर्यटकीय राजधानी पोखरामा ५ सय विदेशी पर्यटकले खेले होली आइतबार, चैत ११, २०८० देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन्। पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन्। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)ले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो। महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरू अनुहारमा दलेर रमाएका हुन्।

आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुआत आइतबार, चैत ११, २०८० पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसके पनि राजस्थानका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो। ओपनिङ आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए। त्यसपछि अर्का ओपनर यसश्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए। कप्तन सामसन र पराग मिलेर राजस्थानको पार...









