३०० वर्ष पुरानो शताब्दी घरमा एक्काइसौं शताब्दीको स्वतन्त्रताबारे विमर्श सोमबार, चैत १२, २०८०

‘रामायण’का लागि शाकाहारी बने रणवीर सोमबार, चैत १२, २०८० बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदैछन्। यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ। फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन्। यहीबीचमा रणवीरको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ।

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु सोमबार, चैत १२, २०८० अछाममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर आज (सोमबार) बिहान मेल्लेख गाउँपालिकामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक (इन्सपेक्टर) अर्जुन साउँदले जानकारी दिए।

चितवनमा अध्यक्ष दाहालले भने— तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाले गर्छ सोमबार, चैत १२, २०८० राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको भएको बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले स्थानीय तह र प्रदेश सभाको सेतुको रुपमा राष्ट्रिय सभाले काम गर्ने बताए। प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको...

यी हुन आज सार्वजनिक बिदा भएका २१ जिल्ला सोमबार, चैत १२, २०८० आज तराई मधेसका जिल्लामा रङहरूको पर्व होली मनाइँदैछ। हिजो पहाडी र हिमाली जिल्लामा मनाइएको होली आज तराई मधेसका २१ जिल्लामा धुमधामका साथ मनाइँदैछ। होलीको अवसरमा तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। आज होली मनाउने नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही,...

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित सोमबार, चैत १२, २०८० नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अपडेट: ललितपुरको झडपमा संलग्न भएको आशंकामा १८ जना पक्राउ सोमबार, चैत १२, २०८० होली खेल्नेक्रममा भएको झडपमा संलग्न भएको आशंकामा १८ जना पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार झडपलगत्तै परिचालित प्रहरीले घटनास्थल वरपर रहेका र घटनामा संलग्न भएको आशंका गरिएका १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
-1710057026.jpeg)
मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुने सोमबार, चैत १२, २०८० मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो। अन्तिमअर्थात् १५ औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६ औँ दिन बिहान अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ।

सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी जारी, गोताखोर परिचालन सोमबार, चैत १२, २०८० सुनकोशी नदीमा बेपत्ता तीन बालबालिकाको खोजी जारी छ। उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका होली खेलेर नुहाउनेक्रममा नदीमा डुबेका थिए। बालबालिका नदीमा बेपत्ता भएको खबर सुने लगत्तै खोजी कार्य जारी राखिएको छ। आइतबार साँझसम्म बेपत्ता बालबालिका फेला नपरेपछि सोमबार (आज)बिहानैदेखि गोताखोरसहितको टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका...

११ हजार जनताका बीचमा ‘मेयर’ छायाङ्कन सोमबार, चैत १२, २०८० सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ। निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए।

पत्नीसहित फिल्म हेरेपछि गृहमन्त्री लामिछानेले भने– महाजात्रा हेर्दा उर्जा महशुस गरेँ सोमबार, चैत १२, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन्। उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ श्रृङ्खला आफूले हेरिसकेकाले तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताए।‘मलाई यो श्रृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो। म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको...

आईपीएल: मुम्बई ६ रनले पराजित सोमबार, चैत १२, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको हो।गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउँन सक्यो।मुम्बईका लागि डिवाल्ड ब्रेभिसले ३८ बलमा २ चौका र ३...

घोडा दौडमा कास्कीका दीपेन्द्र प्रथम सोमबार, चैत १२, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्की समरुङका दीपेन्द्र गुरुङले जितेका छन्।अन्नपूर्ण गाउँपालिका– ६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलव पाँच किलोमिटर दूरी उनले २८ मिनेट ४१ सेकेण्डमा पुरा गरे।


-1711345271.jpg)






