News Griha :: न्यूजगृह
‘रामायण’का लागि शाकाहारी बने रणवीर

मुम्बई— बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदैछन्। यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ।

फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन्। यहीबीचमा रणवीरको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ। यो अभ्यासमा शीरको सहारामा शरीरलाई ठाडो बनाइन्छ। रणवीरले यस्तो अभ्यास पहिलोपटक गरेका छन्। तस्बिर उनको ट्रेनरले सामाजिक सञ्जालमा शेयर गरेका छन्। जहाँ रणवीर कालो सर्ट र फूल स्लीब्स टीसर्ट लगाएका छन्।

फिल्मका लागि नितेशले डिक्सन (बोल्ने लवज) र संवादको विभाग नै बनाएका छन्। कलाकारका लागि पहिरनको काम पनि द्रुत गतिमा भइरहेको छ। हरेक चरित्रका लागि पहिरन निर्माणको काम भइरहेको छ। रणवीरले घण्टौंसम्म संवादको रिहल्सल सुरु गरिसकेका छन्।

रणवीरले चरित्रकै लागि आफ्नो खानाको सेड्युल फेरिसकेका छन्। उनले मांसाहारी खाना छोडेर शाकाहारी खाना सुरु गरिसकेका छन्। भगवान श्रीरामको जस्तै शुद्ध र पवित्र अनुभव गर्नका लागि रात्रीकालिन पार्टीमा जाने छैनन्।

फिल्मको सुटिङ आगामी वर्षबाट सुरु हुनेछ। फिल्ममा साई पल्लभीले सीताको भूमिका निभाउने बताइएको छ। यस्तै, यशले रावण र सनी देओलले हनुमान चरित्र निभाउने बताइएको छ। अमिताभ बच्चन भने दशरथ भूमिकामा हुनेछन्।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:१५
Weather Update