News Griha :: न्यूजगृह
एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत— नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। 

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टीकाराम सोमै निर्वाचित भएको एमाले सुर्खेतले जनाएको छ । 

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन्। सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०९:४४
Weather Update