News Griha :: न्यूजगृह
ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सीडीओले थाले छलफल
ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सीडीओले थाले छलफल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन्।
म्याच फिक्सिङ्को अभियोग लागेका कीर्तिमानी क्रिकेटर मेहबुब र आदिलले पाए उन्मुक्ति
म्याच फिक्सिङ्को अभियोग लागेका कीर्तिमानी क्रिकेटर मेहबुब र आदिलले पाए उन्मुक्ति मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलगायतका क्रिकेटरले म्याच फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन्। जिल्ला अदालत काठमाडौंले अभियोग दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो। न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आलम र अन्सारीसहित ५ जनालाई निर्दोष ठहर गरेको छ। सफाइ पाउने अन्यमा ३ जनामा नितेश साह गुप्ता, नवीन कँडेल र रवि...
पशुसेवा केन्द्र सर्लाहीका तत्कालीन प्रमुख र वडा अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पशुसेवा केन्द्र सर्लाहीका तत्कालीन प्रमुख र वडा अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।कृषि सेड निर्माणमा हिनामिना गरेको आरोपमा डा यादवसहित ६ जनाविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
उपनिर्वाचनबारे ‘बेखबर’ माओवादी, आफ्नै उम्मेदवार उठाउने कि अरु दलकै पछि लाग्ने ?
उपनिर्वाचनबारे ‘बेखबर’ माओवादी, आफ्नै उम्मेदवार उठाउने कि अरु दलकै पछि लाग्ने ? निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारहरुको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा पनि माओवादी केन्द्रका नेताहरु भने उम्मेदवारी हुन्छ कि हुँदैन भन्ने द्विविधामा छन्। माओवादी केन्द्रका महासचिव देव गुरुङ उम्मेदवारी दिने वा अरुसँग सहकार्य गर्ने भन्ने विषयमा केही दिनमा...
कैलालीमा समलिंगी प्रेमीप्रेमिकामाथि निर्घात कुटपिट
कैलालीमा समलिंगी प्रेमीप्रेमिकामाथि निर्घात कुटपिट कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित सोल्टाघयनकुरमा आफूलाई समलिंगी महिला बताउने राधिका विक(नाम परिवर्तन)लाई परिवारका सदस्य र गाउँलेहरू मिलेर गरिएको निर्घाट कुटपिट एवम यातनाको घटनाप्रति चौतर्फी विरोध भएको छ। चैत ११ गतेका दिन अर्को एक महिलासँगै बसेको आरोपमा विक र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट एवम् चरम यातना दिएको...
प्रधनमन्त्री प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता
प्रधनमन्त्री प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको अनौपचारिक भेटमा वैशाख १५ मा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णता बारे छलफल भएको छ।
शर्मिला बाइवालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश 
शर्मिला बाइवालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश  आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबासँग काठमाडौं जिल्ला अदालतले ३५ हजार रुपैयाँ धरौटी माग गरेको छ। कुटपिट तथा अङ्गभङ्ग र विद्युतीय कारोबारको फरक–फरक मुद्दामा जिल्ला अदालतले वाइबालाई धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो। जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको सोमबारको इजलासले बाइबाका दुवै मुद्दामाथि थुनछेक बहस सकेर धरौटीमा रिहा गर्ने आदेश...
दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश
दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश सर्वोच्च अदालतले झापामा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार आदेश जारी गर्दै बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेको हो। सञ्चालक दुर्गा प्रसाईंको मागअनुसार नै इजलासले सम्बन्धन दिन आदेश दिएको सर्वोच्चका सह–प्रवक्ता गोविन्द...
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो ४ दिन लामो बिदापछि खुलेको शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। सोमबार शेयर बजार परिसूचक (नेप्से) १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा झरेको छ। कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ। गत साताको अन्तिम दिन ४ अर्ब ३१ करोडको कारोबार भएको थियो। 
आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी
आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ६ विकेटले विजयी दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको छ। आयरल्याण्ड ‘ए’ले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले नटआउट ३७ रन बनाए। ३२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे। 
इटहरीमा भैँसी प्रतियोगिता 
इटहरीमा भैँसी प्रतियोगिता  सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ। बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको हो। भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिए।
जसपाका कार्की राज्यमन्त्री बनेसँगै २३ सदस्यीय बन्यो मन्त्रिपरिषद् 
जसपाका कार्की राज्यमन्त्री बनेसँगै २३ सदस्यीय बन्यो मन्त्रिपरिषद्  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ।राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधि सभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको हो ।उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
Weather Update