News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
जसपाका कार्की राज्यमन्त्री बनेसँगै २३ सदस्यीय बन्यो मन्त्रिपरिषद् 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रतिनिधि सभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको हो ।

Prabhu Bank

उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन्। नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो ।

जसअनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:०६
sagarmatha cementsagarmatha cement
Weather Update