News Griha :: न्यूजगृह
‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत गण्डकीमा ३३ सडक बन्दै
‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत गण्डकीमा ३३ सडक बन्दै गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन्। ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
धार्मिक पर्यटकको आकर्षण बन्दै छिम्केश्वरी
धार्मिक पर्यटकको आकर्षण बन्दै छिम्केश्वरी आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो।पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ। यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृश्यले जोकोहीलाई मोहित बनाउँछ।
कालीगण्डकी कोरिडोर निर्माणले गति लिन थाल्यो
कालीगण्डकी कोरिडोर निर्माणले गति लिन थाल्यो बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिए।
आज विदेशी मुद्राको विदेशी विनिमयदर कति ?
आज विदेशी मुद्राको विदेशी विनिमयदर कति ? अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ।
अन्तर्वार्ता: गृहमन्त्रीविरुद्ध उजुरी आए, हामी छानबिन गर्छौं
अन्तर्वार्ता: गृहमन्त्रीविरुद्ध उजुरी आए, हामी छानबिन गर्छौं नयाँ सत्ता समीकरण बनेसँगै गृहमन्त्री रवि लामिछानेको विषयलाई उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा आवाज उठाइरहेको छ। गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग कांग्रेसको छ। कांग्रेसले छानबिनका लागि संसदीय समिति नै बनाउन माग गरेको छ। प्रतिपक्षीका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनलाई जवाफ पनि दिएका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीविरुद्ध...
आईपीएल: पञ्जावमाथि बैंग्लोरको जित
आईपीएल: पञ्जावमाथि बैंग्लोरको जित इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाव किंग्समाथि ४ विकेटको जित निकालेको छ। टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ।
पहिलो खेल जितेको नेपालले आज आयरल्याण्डसँग दोस्रो खेल खेल्दै
पहिलो खेल जितेको नेपालले आज आयरल्याण्डसँग दोस्रो खेल खेल्दै नेपाल भ्रमणमा रहेको आयरल्याण्डले टी—२० सिरिजको दोस्रो खेल आज खेल्दैछ। नेपाल र आयरल्याण्डबीचको खेल दिउँसो एक बजेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। सोमबार आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालले जित निकालेको थियो। दुई खेलको सिरिजमा आजको खेल अन्तिम हो। हिजोको खेलमा जित निकाल्दै नेपाल १-० ले अगाडि छ। 
आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशका पहाडी...
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। 
मधेस प्रदेशका सभामुखलाई महामूर्ख र अर्थ सचिवलाई पटमूर्खको उपाधि
मधेस प्रदेशका सभामुखलाई महामूर्ख र अर्थ सचिवलाई पटमूर्खको उपाधि यस्तै मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था...
सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री
सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे। उनले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ...
धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुरबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो।
Weather Update