News Griha :: न्यूजगृह
ढोलाहिटी घटना: पुरानो विवाद र क्षणिक आवेगले निम्त्याएको हत्या
ढोलाहिटी घटना: पुरानो विवाद र क्षणिक आवेगले निम्त्याएको हत्या ढोलाहिटीको डी पोपिना खाजा घरमा युवाहरुको एउटा समूह खाजा खाएर बसिरहेको थियो। मदिरा समेत सेवन गर्न थालेपछि उनीहरुबीच विगतका झगडालाई लिएर विवाद सुरु हुन थाल्यो। २५ वर्षीय छेङ्वीहाङ राईले गएको तिहारमा आफूलाई हेपचेप गरिएको प्रसंग निकाले। २०८० को तिहारमा पनि मदिरा सेवन गरेर बस्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–६ बरगाछी घर...
दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग 
दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग  दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन्। राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाइएको प्रतिबन्ध खारेज गर्न माग गर्दै मंगलबार उनीहरूले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन्।कुकुरको मासु उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध असंवैधानिक र जनताको आधारभूत अधिकारकोविरुद्ध...
अध्यागमन देशको मुहार हो, सुधारका योजना ल्याउनुहोस्: गृहमन्त्री
अध्यागमन देशको मुहार हो, सुधारका योजना ल्याउनुहोस्: गृहमन्त्री उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरूलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन्। काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूति सहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरूलाई निर्देशन दिए। ‘विदेशीका लागि अध्यागमन देशको मुहार...
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी– २० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो। नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले...
एमाले उपाध्यक्ष पौडेल चीन गए
एमाले उपाध्यक्ष पौडेल चीन गए नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल मंगलबार चीन गएका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल चीन गएका उनको सचिवालयले जनाएको छ। 
माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो
माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजना  शनिबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
इलाम– २ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम
इलाम– २ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रुपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए।
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने नेपालको राष्ट्रिय टोलीले सोमबार खेलिने आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी–२० क्रिकेटमा पहिले ब्याटिङ गर्ने भएको छ।किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो।
बङ्गलादेशका पाँच नागरिक काठमाडौंमा पक्राउ
बङ्गलादेशका पाँच नागरिक काठमाडौंमा पक्राउ पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।
ढोलाहिटी ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ, १ जना फरार
ढोलाहिटी ग्याङ फाइट प्रकरणमा होटल सञ्चालकसहित ४ पक्राउ, १ जना फरार ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
घुम्नै पर्ने धार्मिक पर्यटकीयस्थल बेथानचोक
घुम्नै पर्ने धार्मिक पर्यटकीयस्थल बेथानचोक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ। बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ। उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ। जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेका कारणले पनि...
ढोलाहिटी घटनाका मुख्य आरोपी दुई वर्षअघि जेलबाट छुटेका विजय राई!
ढोलाहिटी घटनाका मुख्य आरोपी दुई वर्षअघि जेलबाट छुटेका विजय राई! फागु पुर्णिमाका दिन होली खेल्नेक्रममा ललितपुरको ढोलाहिटीमा दुई जनाको मृत्यु हुने गरी भएको घटनाका मुख्य आरोपी विजय राई रहेको प्रहरीले निष्कर्ष निकालेको छ। घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले ललितपुर महानगरपालिका–२६, ढोलाहिटी घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको हो। राई पपिना रेस्टुरेन्टका सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ। 
Weather Update