News Griha :: न्यूजगृह
एमाले उपाध्यक्ष पौडेल चीन गए
फाइल तस्बिर।

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल मंगलबार चीन गएका छन्। 

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल चीन गएका उनको सचिवालयले जनाएको छ। 

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ। 

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नेछन्। 

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमेत चीन भ्रमणमै छन्। 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:१२
Weather Update