News Griha :: न्यूजगृह
टी—२० अभ्यासमा आज नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं— नेपालले दुई टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको दोस्रो खेल मंगलबार हुनेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ।

नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन्।

टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ। नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन्। आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन्।

सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन्। पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी-२० आई खेल खेलेका छन्।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:०३
Weather Update