News Griha :: न्यूजगृह
पर्यटकीय राजधानी पोखरामा ५ सय विदेशी पर्यटकले खेले होली

कास्की— देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन्। पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन्। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)ले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो।

Pokhara_holi_tourist_3-1711291174.JPG
 

महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरू अनुहारमा दलेर रमाएका हुन्। 

Pokhara_holi_tourist-1711291171.JPG

विभिन्न देशका पर्यटकहरूले एकापसमा रङ्ग दलेर होलीमा रमाइलो गरे। होली महोत्सवअन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलाइएको थियो। पञ्चेबाजा र गीतसङ्गीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए।

Pokhara_holi_tourist_2-1711291173.JPG
पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक–हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए। पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ।

चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशका पर्यटक होलीमा रमाएका हुन्। 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  २०:२६
Weather Update