काठमाडौं— काठमाडौंका विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्। प्रहरीले नागार्जुन नगरपालिका–१ रानिवनको फरक–फरक ठाउँबाट १९ जनालाई पक्राउ गरेको हो।
नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। पूर्व सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं रानिवन बस्ने गोरखा ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८२५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
यस्तै, काठमाडौं नागार्जुन नगरपालिका-१ रानिवन सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। सोही ठाउँ बस्ने धादिङ चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेतीसमेत ६ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ५०० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।