सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता
काठमाडौं— उदयपुरमा सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका छन्।
आइतबार दिउँसो त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएको उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए।
उनका अनुसार बालबालिकाहरू आइतबार दिउँसो साढे २ बजे नदीले बगाएको थियो।
बेपत्ता हुनेमा त्रियुगा नगरपालिका-१४ साउनेकी १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर छन्।
उनीहरूको खोजी भइरहेको छ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० १९:२८