News Griha :: न्यूजगृह
माटोको ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु
प्रतिकात्मक तस्बिर

डोटी— डोटीमा नयाँ वर्ष (विषु पर्व)का लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डोटीमा थप १ महिलाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको हो। 

ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको प्रनाउ श्रीवास्तवले जानकारी दिए। खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।  

शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो। रोस्यारासँगै माटो लिन गएका अन्य ३ महिलालाई उद्धार गरिएको बताइएको छ।

स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्दछन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १८:१०
Weather Update