News Griha :: न्यूजगृह
होली खेल्न सडकमा निस्किएका ७६ जना पक्राउ, ६ सय ६४ सवारी चालकलाई कारबाही

काठमाडौं— होली खेल्न सडकमा निस्किएका ७६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी काठमाडौंमा ७० जना पक्राउ परेका हुन्।

ललितपुरमा ४ जना र भक्तपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

traffic_checking_holi-1711287175.jpeg
उनीहरूले विभिन्न गैरकानुनी गतिविधि गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
होली खेल्ने क्रममा झगडा गर्ने, ट्राफिक नियम पालना नगर्ने र अन्य गैरकानुनी गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ। 

यस्तै प्रहरीले होलीको अवसरमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेकजाँचमा पनि कडाइ गरेको थियो। चेकजाँचका क्रममा तीनै जिल्लामा ६६४ सवारी साधन चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ। 

traffic_checking_holi_1-1711287175.jpg
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १९:१८
Weather Update