News Griha :: न्यूजगृह
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते [तस्बिरहरू]
Photos: AP

काठमाडौं— रुसको एक कन्सर्ट हलमा गोली चल्दा ६० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार १४५ बढी घाइते छन्।

शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली चलेको थियो। साथै विस्फोटक पदार्थ प्रहारसमेत भएको बीबीसीले जनाएको छ।

आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए। बीबीसी रसिया सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो।

हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ। घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। 

यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ। 

Moscow_concert_hall_attack_9-1711167657.jpg

Moscow_concert_hall_attack_8-1711167652.jpg

Moscow_concert_hall_attack_7-1711167645.jpg

Moscow_concert_hall_attack_6-1711167644.jpg

Moscow_concert_hall_attack_5-1711167642.jpg

Moscow_concert_hall_attack_3-1711167639.jpg

Moscow_concert_hall_attack_4-1711167640.jpg

Moscow_concert_hall_attack_2-1711167636.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १०:०८
Weather Update