News Griha :: न्यूजगृह
ढोरपाटनमा शिकारीले यसरी गरिरहेका छन् नाउर र झारलको शिकार
ढोरपाटनमा शिकारीले यसरी गरिरहेका छन् नाउर र झारलको शिकार नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी शिकारी सिकार खेल्न व्यस्त छन्। दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम शिकार भइरहेको छ। यस याममा ११ नाउर, सात झारल र चार बँदेलको शिकार हुँदैछ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। उनले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन्। केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए।बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै बिहीबार राजीनामा दिएका हुन् ।
गायक राजेशपायल राईले गरे पत्नीसँग सम्बन्ध विच्छेद
गायक राजेशपायल राईले गरे पत्नीसँग सम्बन्ध विच्छेद तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन।
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त
रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा चौधरी नियुक्त सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा पशुपति चौधरीलाई नियुक्त गरेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्ष पदमा चौधरीलाई र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सुदूरपश्चिम प्रदेश सभाको बैठक २ घण्टा सारियो
सुदूरपश्चिम प्रदेश सभाको बैठक २ घण्टा सारियो सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ। मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिए। 
केन्द्रको कोपभाजन र स्वार्थमा प्रदेश सरकार
केन्द्रको कोपभाजन र स्वार्थमा प्रदेश सरकार केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक महिनामै प्रदेश सरकारमा यसको प्रभाव देखिन थालेको छ। केन्द्रको सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश सरकारहरू ढल्ने र नयाँ बन्नेक्रम शुरु भएको छ। गण्डकी र कर्णालीका मुख्यमन्त्रीले बुधबार नै पदबाट राजीनामा दिएका छन्।१४ महिनाअघि २०७९ पुस १० मा निर्माण भएको समीकरण दुई महिनामै टुटेर नेपाली...
कारोबारको अन्तिम दिन पनि घट्यो शेयरबजार, कसले कति कमाए? 
कारोबारको अन्तिम दिन पनि घट्यो शेयरबजार, कसले कति कमाए?  शेयरबजार पाँचै कारोबार दिन घटेको छ।  बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो। यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार १७.३० अंकले बजार घटेको थियो। 
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने 
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने  नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘पार्टी अध्यक्षज्यूले विमला घिमिरे नै उम्मेदवार हो भन्नु भएको छ,’ राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले भने, ‘उहाँ नै हो  हाम्रो उम्मेदवार।’
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, यी हुन् प्रतिवादी बनाइएका मुख्य आरोपित
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, यी हुन् प्रतिवादी बनाइएका मुख्य आरोपित नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड...
वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, कांग्रेस नेता जीवनबहादुर शाहीसहित ३० जनाविरुद्ध मुद्दा
वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार, कांग्रेस नेता जीवनबहादुर शाहीसहित ३० जनाविरुद्ध मुद्दा नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको पुष्टि गरे। ...
उपनिर्वाचनः अन्तिम मतदाता नामावली प्रकाशित, कति थपिए मतदाता? 
उपनिर्वाचनः अन्तिम मतदाता नामावली प्रकाशित, कति थपिए मतदाता?  निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ।आयोगको चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको...
विश्वासको मत नपाउने पक्कापक्कीपछि राजीनामा दिँदै लुम्बिनीका मुख्यमन्त्री, माओवादीका महराले जुटाए ४४ सांसदको हस्ताक्षर
विश्वासको मत नपाउने पक्कापक्कीपछि राजीनामा दिँदै लुम्बिनीका मुख्यमन्त्री, माओवादीका महराले जुटाए ४४ सांसदको हस्ताक्षर उनले बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा आफ्ना भनाइ राखेर त्यहीँबाटै राजीनामा घोषणा गर्ने उनीनिकट स्रोतले बताएको छ।
Weather Update