
काठमाडौं — नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको पुष्टि गरे।
‘केहीबेर अघि अभियोग पत्र विशेष अदालतमा आइपुगेको छ,’ उनले भने।
नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियारले निकालेको थियाे।
ती जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय लिएको थियो।
अख्तियारले कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार सहित ३२ जनालाई प्रतिवादी बनाएको छ।
जसमा आपूर्तिकर्तासहित ८ जना विदेशी नागरिक छन् । -अपडेट गरिएको
अख्तियार प्रमुखलाई रविको प्रश्न— वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो, ओम्नी फाइल क्लोज भयो कि, के भयो ?