News Griha :: न्यूजगृह
बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत भेटिए 
बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत भेटिए  धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन्। दार्चुलाको शैल्यशिखर—९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज बिक धनगढी उपमहानगरपालिका—७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्।
संविधानमा विचारपक्षको हालीमुहाली हुनुपर्ने प्रधानमन्त्रीको भनाइको अन्तर्य के हो? 
संविधानमा विचारपक्षको हालीमुहाली हुनुपर्ने प्रधानमन्त्रीको भनाइको अन्तर्य के हो?  तर अहिले आएर जननिर्वाचित संसद्लाई समेत उपेक्षा गर्ने गरी स्वयं प्रधानमन्त्री दाहाल समाजवादको वकालत गर्न सडक नै सबैभन्दा उपयुक्त थलो भएको भनेर त्यसको पैरवी गर्न थालेका छन्।अहिलेको सत्ता गठबन्धनमा रास्वपा बाहेकका तीन दल समाजवादी धारका छन्। मुलुकको निर्वाचन प्रणाली यति जटिल हुँदै गएको छ की एउटा दलले प्रष्ट बहुमत ल्याउन...
सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै 
सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।  सो बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्। 
मदिरा सेवन गरी होहल्ला गरेको आरोप गायक राजेशपायल राई पक्राउ 
मदिरा सेवन गरी होहल्ला गरेको आरोप गायक राजेशपायल राई पक्राउ  गायक राजेशपायल राई पक्राउ परेका छन्। मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन्।
जसपाबाट बाँकेकी हसिना खान समानुपातिक सांसद बन्दै
जसपाबाट बाँकेकी हसिना खान समानुपातिक सांसद बन्दै जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन्।बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको हो। बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको मृत्यु भएपछि रिक्त स्थानमा...
जान्नुहोस् आफ्नो राशि अनुसारको भाग्यशाली रङ र अङ्क
जान्नुहोस् आफ्नो राशि अनुसारको भाग्यशाली रङ र अङ्क आज बिहीबार, २२ चैत २०८० (४ अप्रिल २०२४) 
केकेआरसँग दिल्ली क्यापिटल्स १०६ रनले पराजित
केकेआरसँग दिल्ली क्यापिटल्स १०६ रनले पराजित इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी) लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने डीसी ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।
उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक आज पनि
उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक आज पनि बिहीबार पनि बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेश सभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच विवाद भएको छ ।
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो [सूचीसहित]
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर...
डोटीमा ढुङ्गा, हँसिया र बन्चरो प्रहार गरी सौताको हत्या गर्ने महिला पक्राउ
डोटीमा ढुङ्गा, हँसिया र बन्चरो प्रहार गरी सौताको हत्या गर्ने महिला पक्राउ सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन्। बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्।
१९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]
१९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित] प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार रिक्त दरबन्दीमा बढुवा सिफारिस गरेको हो। 
बागमतीसहित यी पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना
बागमतीसहित यी पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ।
Weather Update