News Griha :: न्यूजगृह
जसपाबाट बाँकेकी हसिना खान समानुपातिक सांसद बन्दै

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन्।

बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको हो।

बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको मृत्यु भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

२०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको २०७९ फागुन १३ गते मृत्यु भएपछि जसपाले बन्द सूचीका आधारमा अन्सारीलाई पठाएको थियो। तर अन्सारीको पनि गत चैत ४ गते मृत्यु भयो। 

बैठकले उपनिर्वाचनका विषयमा समेत निर्णय लिने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:४८
Weather Update