News Griha :: न्यूजगृह
गृह मन्त्रालय मातहतका ९ उपसचिवको सरुवा [सूचीसहित]
गृह मन्त्रालय मातहतका ९ उपसचिवको सरुवा [सूचीसहित] गृह मन्त्रालयले मातहतका ९ जना उपसचिवको सरुवा गरेको छ।मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको। बुधबार नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो।
दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते
दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते दाङमा बुधबार दुईवटा यात्रुवाहक बस ठोक्किँदा २२ यात्रु घाइते भएका छन्।वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए। 
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २८ गते हुने भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार बसेको बैठकमा चैत २८ गते उपाध्यक्ष पदको निर्वाचन मिति तोकेका हुन्। निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई उनले निर्देशन दिएका छन्। 
सर्वोच्च परिसरमा आत्मदाहको प्रयास गरेकी आरती रावलले इजलासमै विष सेवन गरिन् 
सर्वोच्च परिसरमा आत्मदाहको प्रयास गरेकी आरती रावलले इजलासमै विष सेवन गरिन्  कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन्। 
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित आयरल्याण्ड ‘ए’ सँगको तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा नेपाल ए टोली २१ रनले पराजित भएको छ। आयरल्याण्डले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए २५.३ ओभरमा १ सय ३६ रनमा समेटियो।नेपालका लागि साहब आलमले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। देव खनालले २६ र बसिर...
सभामुखलाई सांसदको प्रश्न- मन्त्रीहरूले गर्दा लोगो लगाएर हिँड्न गाह्रो भयो, के गरौँ?  
सभामुखलाई सांसदको प्रश्न- मन्त्रीहरूले गर्दा लोगो लगाएर हिँड्न गाह्रो भयो, के गरौँ?   नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले ठगी प्रकरणमा सरकारका मन्त्रीहरूको नाम जोडिँदा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको बताएकी छन्।
प्रतिनिधि सभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग
प्रतिनिधि सभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्या लगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्वीप
सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्वीप अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्।  
गण्डकीमा चैत २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
गण्डकीमा चैत २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन्।बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गते दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन्। 
त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ 
त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन्। बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा  विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन्। 
फुटको संघारमा नाउपा: सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार
फुटको संघारमा नाउपा: सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेकी छन्।
Weather Update