नाउपा विवाद:
फुटको संघारमा नाउपा: सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार

काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेकी छन्।
पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन्।
गिरी नाउपाकी समानुपातिक सांसद हुन्। सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए।
नाउपा रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण फुटको संघारमा छ।
यही विवादको एक अंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउने पत्राचार भएको हो।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १४:१०













