News Griha :: न्यूजगृह
सभामुखलाई सांसदको प्रश्न- मन्त्रीहरूले गर्दा लोगो लगाएर हिँड्न गाह्रो भयो, के गरौँ?  

काठमाडौं — नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले ठगी प्रकरणमा सरकारका मन्त्रीहरूको नाम जोडिँदा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको बताएकी छन्।

 बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौड्यालले गृहमन्त्री, ऊर्जामन्त्री, श्रममन्त्रीसम्म ठगी प्रकरणमा जोडिएको सार्वजनिक भइरहँदा सांसदहरू सम्मानित भएर हिँड्न गाह्रो भएको बताएकी हुन्।

ठगीमा जोडिए पनि सरकारले नै छानबिन गर्ने बाटो बन्द गर्दा सार्वजनिक सवारी साधनमा हिँड्दा लोगो लगाएर हिँड्न गाह्रो भएको बताइन्। 

‘कहिले डीपी अर्यालको नाम आइरहेको हुन्छ, १० वर्ष जनयुद्ध लडेर आउनुभएका शक्ति बस्नेत ज्यूको नाम छापामा सहकारी ठगको रूपमा आइरहेको छ भने म अब सार्वजनिक गाडीमा हिँड्दा लोगो लाएर हिँडौं कि नहिँडौं?,’ उनले सभामुखलाई प्रश्न गरिन्।   

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:०४
Weather Update