सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्वीप

काठमाडौं — सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ह्वीप जारी गरेको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरूलाई ह्वीप लगाएकी हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन्। हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सहभागि छन्।
अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १४:४२