News Griha :: न्यूजगृह
५ जनाको ज्यान जानेगरि भएको त्रिशुली दुर्घटनामा बेपत्ता युवकको शव भेटियो
५ जनाको ज्यान जानेगरि भएको त्रिशुली दुर्घटनामा बेपत्ता युवकको शव भेटियो घटनाको चार दिनपछि विवशको शव त्रिशूली नदी किनारमा फेला परेको हो। शनिबार काठमाडौंमा निधन भएका बुवा शङ्कर रोकाको पशुपतिमा अन्त्येष्टि गरी गोरखा फर्कने क्रममा बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित  सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेको थियो। सोही दुर्घटनामा विवश बेपत्ता भएका थिए ।
निलम्बित न्यायाधीश भुवन गिरी पक्राउ
निलम्बित न्यायाधीश भुवन गिरी पक्राउ सर्वोच्च अदालतले थुनामा राखेर वैवाहिक बलात्कार मुद्दामा पुर्पक्ष गर्न आदेश दिएसँगै निलम्बित न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। मुद्दाको सुनवाइका लागि उनी सर्वोच्चमा उपस्थित थिए ।श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई सर्वोच्चले थुनामा राख्न आदेश गरेको हो। जिल्ला अदालतले उनलाई...
कांग्रेसले आजपनि छान्न सकेन इलाम र बझाङको उम्मेदवार
कांग्रेसले आजपनि छान्न सकेन इलाम र बझाङको उम्मेदवार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवार छान्न सकेन।बुधबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ गम्भीर छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिए।
कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान
कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।सात दिन समय दिएर सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
रोकिएन मोटरसाइकल चोरीका घटना, काठमाडौं उपत्यकामा बर्सेनि बढ्दो  
रोकिएन मोटरसाइकल चोरीका घटना, काठमाडौं उपत्यकामा बर्सेनि बढ्दो   धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ भन्छन्, ‘चोरी भएका सवारीसाधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ। युनिटले तत्कालै परिचालित भई केकस्तो सवारीसाधन कहाँबाट चोरी...
गृहमन्त्री लामिछाने पत्नी निकिता आबद्ध सहकारीमा महानगरको छापा
गृहमन्त्री लामिछाने पत्नी निकिता आबद्ध सहकारीमा महानगरको छापा महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ। 
आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्वीप
आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्वीप सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्वीप) जारी गरिएको छ।पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्।
एसएमएस फ्रेन्डसिप टी-२० कपः गुजरातलाई हराउँदै नेपाल फाइनलमा
एसएमएस फ्रेन्डसिप टी-२० कपः गुजरातलाई हराउँदै नेपाल फाइनलमा नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ। १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो। गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए। अभिषेक देसाइ २०, स्मित पटेल १९ र प्रियस...
प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय
प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ ।बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ।न्यायाधीशहरू हरि फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।
जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका आरोपितको मृत्यु  
जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका आरोपितको मृत्यु   नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताए। 
अन्ततः कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
अन्ततः कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन्। मुख्यमन्त्री शर्माले यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए।
Weather Update