गृहमन्त्री लामिछाने पत्नी निकिता आबद्ध सहकारीमा महानगरको छापा

काठमाडौं — काठमाडौं महानगरपालिकाले निकिता पौडेल निवर्तमान उपाध्यक्ष रहेको साइ स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ।
निकिता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी हुन्।
महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा उक्त सहकारीमा ‘रेकी’ गरिरहेको थियो।
सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो।
महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १९:१७













