विदेशमा रहेका नेपालीलाई कन्सुलर सेवा सहज, नयाँ ‘मोड्युल’को सेवा प्रारम्भ बिहीबार, चैत २२, २०८०

छोराको निर्वाचन प्रचारमा ९२ वर्षकी आमा बिहीबार, चैत २२, २०८० सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ। जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ। दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाइरहेकी...

बझाङ प्रदेश सभामा कांग्रेसबाट अभिषेक सिंह उम्मेदवार बिहीबार, चैत २२, २०८० प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट अभिषेक सिंहलाई दिएको छ।उनी दिवंगत नेता पृथ्वीबहादुर सिंहपुत्र हुन्। पृथ्वीबहादुरको दुर्घनामा परी निधन भएपछि बझाङमा उपनिर्वाचन हुन लागेको हो। उनी सुदूरपश्चिम प्रदेशका मन्त्रीसमेत थिए। मन्त्रीमा बहाल रहेकै समयमा उनी सवार जीप दुर्घनामा...

इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय बिहीबार, चैत २२, २०८० नेपाली कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई अघि सार्ने निर्णय गरेको हो।खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए।

एनआरएनएको केन्द्रबिन्दुमा फर्किए शेष घले बिहीबार, चैत २२, २०८० इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको हो। ११ औं महाधिवेशनबाट छानिएका शर्मा र केसी समूहको कार्य समिति अवैध ठहरिएको छ। १०औं महाअधिवेसन निर्धारित समयमा नभएपछि डा. शेष घलेलाई चुनाव गराउने गरी त्यतिबेला आईसीसीले निर्णय गर्ने जिम्मा...
बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ बिहीबार, चैत २२, २०८० मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो।उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ।

लगानी भित्र्याउन कानुन संशोधनमा प्राथमिकता : प्रधानमन्त्री बिहीबार, चैत २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्।लगानी बोर्डको ५७औं बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन्।‘लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्छ,’ प्रचण्डले भने, ‘यो...

माओवादीले इलाम–२ मा सुहाङलाई सघाउने बिहीबार, चैत २२, २०८० आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले इलाम–२ मा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ।यसअघि माओवादी केन्द्रले धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।शर्मालाई नाम फिर्ता लिन लगाउने विषयमा हिजो प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच...

‘सिंघम अगेन’ पछि अभिनयबाट ब्रेक लिँदै रणवीर–दीपिका बिहीबार, चैत २२, २०८० अब यो जोडी सन्तान जन्मिएपछि अभिनयबाट केही समयका लागि ब्रेक लिने तयारीमा छन्। दीपिकाले ‘सिंघम अगेन’को आफ्नो हिस्साको सुटिङ पुरा गरेपछि केही समयका लागि ब्रेक लिने तयारीमा छिन। उनको तयारीमा रणवीरले साथ दिने निर्णय लिएका छन्।
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ हजारले बढ्यो बिहीबार, चैत २२, २०८० नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो। चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने एक हजार...

धादिङका किसान रोपाइँमा व्यस्त बिहीबार, चैत २२, २०८० धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन्। समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो।केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन्।

‘सर्त’मा रिहा भए गायक राजेशपायल राई बिहीबार, चैत २२, २०८० गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दियो।

‘अर्कै व्यक्ति’सँग लागेको आशंकामा श्रीमानले गरे श्रीमतीको हत्या बिहीबार, चैत २२, २०८० झापाको बाह्रदशी गाउँपालिका—१ मा बिहीबार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरीको हत्या गरेका हुन्।









