News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ हजारले बढ्यो  

काठमाडौं — नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो।

Prabhu Bank

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ । 

तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ। बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:११
Weather Update