आईपीएलमा गुजरातविरुद्ध पञ्जाबको रोमाञ्चक जित शुक्रबार, चैत २३, २०८०

आयरल्यान्ड 'ए'विरुद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल 'ए' शुक्रबार, चैत २३, २०८० टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड (ए) वुल्भ्सविरुद्ध नेपालले शुक्रबार दोस्रो एकदिवसीय खेल खेल्दै छ। दुई टोलीबीचको खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो एकदिवसीय खेलमा नेपाल वुल्भ्ससँग २१ रनले पराजित भएको थियो।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, चैत २३, २०८० पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

पहाडीक्षेत्रमा धेरै मूल्यवृद्धि, काठमाडौंमा कति? बिहीबार, चैत २२, २०८० समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८ दशमलव १७ प्रतिशत, तरकारीको १४ दशमलव शून्य सात प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव २२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको सात दशमलव ११ प्रतिशतले बढेको छ भने घ्यू...

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड बिहीबार, चैत २२, २०८० गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कूल विदेशी विनिमय सञ्चिति रहेको थियो। गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि...

शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा बिहीबार, चैत २२, २०८० मुलुकबाट बाहिरिने भन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवका आठ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको छ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४२ अर्बले बचतमा रहेको थियो। अमेरिकी...

मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब बिहीबार, चैत २२, २०८० अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ। यस्तै चीनबाट भएको आयात ३३ दशमलव सात प्रतिशतले बढेको छ।

कोटेश्वरमा ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालक कारागार चलान बिहीबार, चैत २२, २०८० ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सई टोपबहादुर खत्रीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा पठाइएका छन्।फागनु २० मा कोटेश्वरमा ड्युटीमा खटिएका खत्रीलाई प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको फागुन २७ मा उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो।

हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खामको मुद्दा हेर्दाहेर्दैमा बिहीबार, चैत २२, २०८० हत्या अभियोगमा पक्राउ परेका सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।बिहीबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका खामको न्यायाधीश दयाराम ढकालको इजलासमा बयान लिइएको हो।माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि २०६५ वैशाखमा व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

धरानमा फस्टाउँदै सुकुटीको व्यापार, पुग्छ बेलायतसम्म बिहीबार, चैत २२, २०८० धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ। मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन्। पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ।निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन। घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन्।...

हिउँमा फसेका तीन कर्मचारीको उद्धार बिहीबार, चैत २२, २०८० हुम्लामा हिउँमा फसेका तीन कर्मचारीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनाको उद्धार गरिएको हो।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बिहीबार, चैत २२, २०८० नाउपाको आन्तरिक विवाद र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असहयोग गर्ने भएपछि उनले राजीनामा दिएका हुन्।

घर र नगद दिएर राजेशपायलले गरे पत्नीसँग सम्बन्धविच्छेद, नाबालक छोराको हेरचाहका लागि मासिक खर्च दिने बिहीबार, चैत २२, २०८० आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग बिहे गरेका चर्चित गायक राजेश पायल राईले अन्ततः सम्बन्धविच्छेद गरेका छन्। राजेशपायल र खोटाङ घर भएकी साङबुङ राईले २०७९ मंसिर २६ गते विवाह दर्ता गरेका थिए। राजेशपायलले श्रीमती साङ्बुङसँग गत चैत १५ गते आपसी सहमतिमै काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका हुन्। दुवै जनाले आपसी सहमतिमा...









