News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा

काठमाडौं — मुलुकबाट बाहिरिने भन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवका आठ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४२ अर्बले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु दुई अर्ब ४६ करोडले बचतमा रहेको छ।  

Prabhu Bank

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता रु  एक खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा रु एक अर्ब २५ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० दशमलव दुई प्रतिशतले कमी आई रु तीन अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब ६३ करोडले धनात्मक रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोडले धनात्मक रहेको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २०:३७
Weather Update