News Griha :: न्यूजगृह
कोटेश्वरमा ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालक कारागार चलान
सांकेतिक तस्बिर।

काठमाडौं — ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सई टोपबहादुर खत्रीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

फागनु २० मा कोटेश्वरमा ड्युटीमा खटिएका खत्रीलाई प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको फागुन २७ मा उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो।

ठक्कर दिने बसका चालक धनुषाको जनकनन्दनी गाउँपालिका–१ घर भएका ३० वर्षीय नवराज गिरीले गाँजा खाएको देखिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध सवारी ज्यान मुद्दा र गाँजा सेवनको मुद्दा चलाइएको थियो।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले बस चालक गिरीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:५०
Weather Update