हिउँमा फसेका तीन कर्मचारीको उद्धार

काठमाडौं — हुम्लामा हिउँमा फसेका तीन कर्मचारीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ।
नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनाको उद्धार गरिएको हो।
.jpeg)
उनीहरु राष्ट्र चीनबाट प्राप्त अनुदानका सामाग्री बुझेर गाउँ फर्कने क्रममा हिउँमा फसेका थिए। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको डीएसपी शैलेन्द्र थापाले बताए।
बिहीबार बिहान १० बजे उनीहरु हिउँ फसेको भन्ने खबर प्राप्त भएपछि उद्धारको लागि त्यसतर्फ टोली गएको थियो। दिउँसो १ बजे उद्धार गरिएको हो।
.jpeg)
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १८:४३













