सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।
प्रदेश सभामा विश्वासको मत पाउने अवस्था सिर्जना नभएपछि उनले बिहीबार साँझ प्रदेश प्रमुखसामु राजीनामा दिएका हुन्।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
पछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मन्त्रालय बाँडेर सरकार टिकाउने प्रयत्न गरेका थिए।
नाउपाको आन्तरिक विवाद र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असहयोग गर्ने भएपछि उनले राजीनामा दिएका हुन्।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १८:३२