News Griha :: न्यूजगृह
आयरल्यान्ड 'ए'विरुद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल 'ए'
फाइल तस्बिर।

काठमाडौं — टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड (ए) वुल्भ्सविरुद्ध नेपालले शुक्रबार दोस्रो एकदिवसीय खेल खेल्दै छ।

दुई टोलीबीचको खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो एकदिवसीय खेलमा नेपाल वुल्भ्ससँग २१ रनले पराजित भएको थियो। 

त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो।

शृङ्खलाको अन्तिम खेल आइतबार हुनेछ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:२१
Weather Update