News Griha :: न्यूजगृह
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।उनले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
'वैवाहिक बलात्कार' मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी
'वैवाहिक बलात्कार' मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी यक रवि ओडविरुद्ध उनका श्रीमतीले कञ्चनपुर प्रहरी कार्यालयमा वैवाहिक बलात्कार मुद्दामा जाहेरी दिएकी छन्।आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले यही चैत २० गते जाहेरी दिएकी हुन्।
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ। वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ। आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ। अहिले सजावटदेखि स्टल बुकिङ...
दोलखामा नर्सिङ पढ्दै गरेकी किशोरीले गरिन् आत्महत्या
दोलखामा नर्सिङ पढ्दै गरेकी किशोरीले गरिन् आत्महत्या दोलखामा होस्टलको पाँच तलामाथिबाट फाल हान्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका—१० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट फाल हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 
बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु
बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो।
एचबीओले किन्यो नेपाली फिल्म ‘द रेड सुटकेस’
एचबीओले किन्यो नेपाली फिल्म ‘द रेड सुटकेस’ हलिउडको जेठो फिल्म च्यानल (हाल ओटीटी प्लेटफर्मसमेत रहेको) होम बक्स अफिस (एचबीओ)ले फिल्म ‘द रेड सुटकेस’को सेटलाईट र ओटीटी वितरण अधिकार किनेको छ।एचबीओले युरोपका १५ देशमा वितरणका लागि पहिलो पटक नेपाली फिल्मको सेटलाइट र ओटीटी वितरण अधिकार किनेको हो।
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार गाजामा राहत सामग्री पुर्‍याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ। युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो।मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह  र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ।
चार प्रदेशमा कामचलाउ सरकार
चार प्रदेशमा कामचलाउ सरकार केन्द्रीय गठबन्धन फेरबदल हुँदा कोशी बाहेक छ प्रदेशमा राजनीतिक तरङ्ग पैदा भएको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सरकार नै ढलेका छन्। ती चार प्रदेश अहिले कामचलाउ सरकारको भरमा छन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिएका थिए। त्यस्तै, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी...
मधेसको दुष्कीर्ति बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता
मधेसको दुष्कीर्ति बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न  सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन्।बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
फ्रेन्डसिप टी–२० कप: नेपालले आज बरोडासँग खेल्दै
फ्रेन्डसिप टी–२० कप: नेपालले आज बरोडासँग खेल्दै नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ। खेल दिउँसो २:४५ मा सुरु हुनेछ।नेपाल फाइनलमा पुगिसकेको छ। बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ।नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ। पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो।
सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा
सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।शहीद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो।
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो...
Weather Update