News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
१३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं — शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार तीन सय रुपैयाँ घटेको हो। 

बिहीबार सुनको भाउ प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेको थियो। यो मूल्य हालसम्मकै उच्च विन्दु हो।

Prabhu Bank

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घटेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:१२
Weather Update