News Griha :: न्यूजगृह
सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा

मोरङ — मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

शहीद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो।

सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्रले फाइनलमा घरेलु टोली साङ्ग्रिला मोरङ एफएसँगको भिडन्त पक्का गरेको छ। 

उपाधिका लागि भोलि मच्छिन्द्र र  साङ्ग्रिलाबीच प्रतिस्पर्धा हुने छ। विभागीय टोली एपीएफलाई बुधबार सडनडेथमा पराजित गर्दै साङ्ग्रिला फाइनलमा पुगेको थियो।

मच्छिन्द्रको जितमा आयुष घलान नायक बने। प्लेयर अफ दी म्याच बनेका उनले खेल प्रारम्भ भएको ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन्। 
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०६:५१
Weather Update