श्रीमतीको जाहेरी
'वैवाहिक बलात्कार' मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं — गायक रवि ओडविरुद्ध उनका श्रीमतीले कञ्चनपुर प्रहरी कार्यालयमा वैवाहिक बलात्कार मुद्दामा जाहेरी दिएकी छन्।
आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले यही चैत २० गते जाहेरी दिएकी हुन्।
इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए।
ओडविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए।
नेपाल आइडल सिजन–२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो।
उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० ११:३७













