News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘सिंघम अगेन’ पछि अभिनयबाट ब्रेक लिँदै रणवीर–दीपिका

काठमाडौं — बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दैछन्। केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको जानकारी दिएका थिए।

अब यो जोडी सन्तान जन्मिएपछि अभिनयबाट केही समयका लागि ब्रेक लिने तयारीमा छन्। दीपिकाले ‘सिंघम अगेन’को आफ्नो हिस्साको सुटिङ पुरा गरेपछि केही समयका लागि ब्रेक लिने तयारीमा छिन। उनको तयारीमा रणवीरले साथ दिने निर्णय लिएका छन्।

Prabhu Bank

दीपिका र रणवीर आफ्नो सन्तानसँग सम्झिनलायक समय बिताउन चाहन्छन्। त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएका हुन्। दीपिकाले ‘सिंघम अगेन’ पछि कुनै फिल्म साइन गरेकी छैनन्।

गत मंगलबार दुवैले मुम्बईको एक स्टुडियोमा ‘सिंघम अगेन’को सुटिङ गरेका थिए। यो फिल्ममा दीपिकाले प्रहरी अधिकृत शक्ति शेट्टीको भूमिका निभाउँदैछन्। फिल्ममा दीपिकाको चरित्र देखाइएको फस्टलुक सार्वजनिक भइसकेको छ।

रोहिट शेट्टीको कप युनिभर्स ‘सिंघम अगेन’मा दीपिका र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, अर्जुन कपूर, टाइगर श्राफ र अजय देवगनको अभिनय छ। फिल्म यही अगस्ट १५ मा रिलिज हुँदैछ।

फिल्मको फाइनल शेड्यूल मुम्बईमा खिचिनेछ। जहाँ एक ठूलो सेट निर्माण गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३५
Weather Update