News Griha :: न्यूजगृह
इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय  

काठमाडौं — नेपाली कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई अघि सार्ने निर्णय गरेको हो।

खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए।

महामन्त्री गगन थापा र डा शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए। कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

नेम्वाङको गत भदौमा निधन भएपछि इलाममा उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति आगामी वैशाख १५ गते तोकेको छ।  

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:४४
Weather Update